दमौली। पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डको एकतर्फी सडक सूचारु भएको छ। दिउँसो साढे १ बजेबाट एकतर्फी सडक सुचारु भएको प्रहरीले जनाएको छ। सडकको कुना तर्फ भित्ता काटेर साना सवारी पास गराइएको छ।
सडक भासिएको ठाँउबाट कार र मोटरसाईकल मर्स्याङ्दी नदिमा बा १० च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो।