साेलुखुम्बु – सोलुखुम्बु तिङ्लाकी कुमारी नेपालीलाई कहिले वैशाख ३० आउला र भोट हाल्न पाइएला भन्ने लागिरहेको छ । सङ्घीयतापछिको पहिलो चुनाव बहिष्कार गरेका तिङ्लाली यस पटकको चुनावमा भने सहभागी हुन निक्कै आतुर देखिन्छन् ।
राज्य पुर्नसंरचनामा असहमति जनाउँदै अघिल्लो पटक तीनै तहको चुनाव बहिष्कार गरेका तिङ्लावासी झन्डै पाँच वर्ष जनप्रतिनिधिविहीन अवस्थामा रहनुपरेको थियो । तर सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ कायम भएपछि तिङ्लालीको माग सबै पूरा भएको हो । २५ वर्षपछि चुनावमा भाग लिन पाउने भएपछि अहिले सिङ्गो तिङ्लावा...