२ वटा कम्पनीको ६ लाख कित्ता बढी शेयर लिलाम गर्दै एनआईसी एशिया बैंक

एनआईसी एसिया बैंक NIC Asia Bank Limited  ले २ वटा कम्पनीको आफ्नो स्वामित्वमा रहेको  ६ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्त र नागरिक लगानी कोषको गरि कुल ६ लाख ३१ हजार ९  सय ६७ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। बैंकले आज माघ १३ गतेदेखि माघ २० गतेसम्म यी शेयर लिलाम गर्न लागेको हो । बैंकले आरएमडिसी लघुवित्तको ३ लाख  ६५ कित्ता संस्थापक शेयर  लिलाम गर्न लागेको हो । बैंकले यी शेयरको न्युनतम मूल्य ४९४ कायम गरेको छ । सो भन्दा बढी रकम कबुल गरेर आवेदन दिनु पर्ने छ । त्यस्तै बैंकले नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९ सय २ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो। यी शेयरको न्युनतम मूल्य ११ सय ८३ रुपैयाँ कायम गरेको छ ।  सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् । सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । हाल कायम संस्थापक वा जो कोहि व्यक्ति , संघ संस्था कम्पनीले यी शेयरमा आवेदन दिन सक्ने छन् । नागरिक लगानी कोषको शेयरमा भने बैंक वित्तीय संस्था र बीमाले मात्र आवेदन दिन सक्ने छन्  । शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  नियामक निकायले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। हाल कायम शेयरधनीले भने आफ्नो शेयरधनी नम्बर पनि उल्लेख गर्नु पर्ने छ । 

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंक २७औं वर्षमा

एनआईसी एशिया बैंक लिमिटेडले २६ वर्ष पार गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारासहित यो बैंकको स्थापना २६ वर्ष अगाडि भएको हो । २६औँ वार्षिकोत्सवको अवसरमा बैंकले हालको अवस्थासम्म ल्याउन सहयोग गर्ने सेयरधनी तथा ग्राहकलाई धन्यवाद दिएको छ । साथै, आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय […]

एनआईसी एशिया बैंकको सीईओमा पुन: न्यौपाने

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन्।...

एनआईसी एशिया बैंक र नेपाल पेबीच सम्झौता

एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसको क्यूआर स्क्यानबाट डिजिटल भुक्तानी गर्न सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । सम्झौताअनुसार एनआईसी एशियाका मोबाइल बैंक प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपाल पेको क्यूआर स्क्यान गरी सहज […]

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

एनआईसी एशिया बैंक स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैठकले “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, शेयर धनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवाला प्रति आभार प्रकट गरेको छ । ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ । साथै आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंक–सोल्टी होटल सम्झौता

काठमाडौं (अस) । एनआईसी एशिया बैंक र सोल्टी इन्टरप्राइजेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका ग्राहकले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगञ्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट पाउनेछन् । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर विष्टले हस्ताक्षर गरे । डिजिटल कारोबारमा ग्राहकको बढ्दो उपस्थितिलाई लक्षित गरी बैंकले डिजिटल ग्राहकलाई प्रोत्साहन गर्न १० प्रतिशत छुटको व्यवस्था गरिएको बताएको छ । बैंकले मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २,३०० वटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा खरिद रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जनाएको छ । हाल बैंकले ३५८ शाखा, ४७३ एटीएम, ९४  विस्तारित काउन्टर एवं ८१ शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

एनआईसी एशिया बैंक २४ वर्षमा, अधिकांश वित्तीय परिसूचकहरूमा अग्रस्थानमा रहेको दावी

एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश गरेको छ । २४ वर्ष अघि आज कै दिन देशकै सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्ने लक्ष्य सहित स्थापना भएको बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा विज्ञप्ती जारी गर्दै बैंकले आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रयमास सम्म आइपुग्दा वासलातको आकार, कर्जा प्रवाह, निक्षेप, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाल तथा एटीएमको संख्या लगायतका अधिकांश प्रमुख वित्तीय एवं गैर वित्तीय परिसूचकहरूमा अग्र स्थानमा रहेको दावी गरेको छ । ‘बैंक पन...

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद