न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् ।

सम्बन्धित सामग्री

एकै पारीमा १० विकेट लिने एजाज पटेल बने महिनाकै उत्कृष्ट क्रिकेटर

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले न्युजिल्यान्डका एजाज पटेललाई डिसेम्बर महिनाकाे सर्वश्रेष्ठ पुरुष क्रिकेटर चुनेकाे छ । एजाज पटेलले डिसेम्बरमा मुम्बईमा भारतसँगकाे टेस्ट क्रिकेटमा इतिहास रचेका थिए ।  उनले भारतकाे एक पारीमा सबै १० विकेट लिएका थिए । जिमल लेकर र अनिल कुम्बलेपछि एजाज यस्ताे इतिहास रच्ने विश्वकाे तेस्राे बलर थिए ।  बायाँ हाते स्पिनर एजाजले डिसेम्बर महिनामा मात्र एक टेस्ट क्रिकेट खेलेका थिए र उनले १६ दशमलव ०७ काे औसतमा १४ विकेट लिएका थिए । मुम्बई टेस्टमा एजाज पटेलले भारतकाे ...

एजाज पटेलले रचे इतिहास, एक पारीमा लिए सबै १० विकेट

१८ मंसिर, काठमाडौं । न्यूजिल्याण्डका एजाज पटेल टेष्ट क्रिकेटमा एक पारीमा सबै १० विकेट लिएका छन् । यससँगै उनी टेष्ट क्रिकेटको इतिहासमा एकै पारीमा सबै १० विकेट लिने विश्वकै तेस्रो बलर बनेका छन् । उनले जिम लेकर र अनिल कुम्बलेसँगै आफ्नो नाम लेखाएका हुन् । भारत र न्यूजिल्याण्डबीच मुम्बईको वानखडे स्टेडियममा भएको दोस्रो टेष्टमा भारतको […]