बृहत् नागरिक आन्दोलनले भोलि सिंहदरबारमा धर्ना दिने

काठमाडौं । बृहत् नागरिक आन्दोलनले सिंहदरबारमा धर्ना दिने भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार बिहान ११ बजे सिंहदरबारमा धर्ना दिन लागेको हो। शनिबार जारी गरिएको विज्ञप्तिमा नागरिक आन्दोलनले धरानमा आन्दोलनको चौथो साता पुग्दा पनि सरकारले वार्ताका लागि पहल नगरेकाले दबाब स्वरूप धर्ना दिन लागेको जनाएको छ।