मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भने, हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ।आज बिहान देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ । यसैगरी, देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको