माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बीच संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् । उक्त क्युआर कोड सेवा सुरु भएसंगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भ