चाँगुनारायणमा खेल मैदान नै मासिने गरी उत्खनन, स्थानीयको विरोध

काठमाडाैं : चाँगुनारायण नगरपालिकाले निर्माण गर्न लागेको खेल मैदानमा ठेकेदार कम्पनीले मापदण्डविपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर–४ मा निर्माण हुन लागेको खेल मैदानमा ठेकेदार कम्पनी आगन्जा कन्स्ट्रक्सन प्रालिले मिलेर बालुवा उत्खनन गरेका हुन्।ठेकेदार कम्पनीले नगरपालिकासँगको सम्झौताविपरीत जमिनको लेबलभन्दा करिब २५/३० फिट तल गएर बालुवा उत्खनन गरेको हो। करिब ९३ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको खेल मैदान २०७९ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर