चितवन - डेङ्गीको सङ्क्रमणबाट चितवनमा एक महिलाको ज्यान गएकाे छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीबाट ज्यान गएकाे हाे ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएकाे कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गीका कारण ज्यान गएकाे थियाे ।
चितवनमा अहिलेस...