विदेशमा फोहरमैला बिर्सन गरिएका स्थान भरिएपछि त्यहाँ सुन्दर पार्क तथा रंगशालाहरु निर्माण हुने गरेका छन् । तर, नेपालमा भने ती स्थान नर्कसमान भएर रोगव्याधीको स्रोत बनिरहेका छन् । यस क्रममा काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान गर्ने योजना बनाइरहनुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिसडोल ल्याण्डफिल साइटमा रङ्गशाला निर्माण गर्ने चाहना रहेको बताउनुभएको छ । …