आसन्न स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ ।
निर्वाचन आयोगमा बुधवार भएको छलफलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा मन्त्रालय र आयोगका अलावा सूचना विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्ट लगायतका निकायका प्रतिनिधि सामेल छन् ।
कार्यदललाई विद्युतीय भोटिङ मशिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको छ ।
देशैभरी...