नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको एक मात्रै लक्ष्य आफूलाई कसरी सिध्याउने भन्ने रहेको बताएका छन् । मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले गणतन्त्र रहिरहे आफ्नो औचित्य नै सकिने ठानेर ओली आफूविरुद्ध षडयन्त्रमा लागेको प्रचण्डले दावी गरे ।
व्यक्तिगत स्वार्थकै लागि प्रचण्डले तत्कालीन एमालेसँग पार्टी विलय गराएको आशयसहितको प्रश्न धमलाले सोधेपछि प्रचण्डले त्यसको कुनै सत्यता नभएको र त्यो सबै झूट भएको जवाफ दिए ।
प्रचण्डले भने, ‘व्यक्तिगत स्वार्थका ...