मुख्यमन्त्रीलाई प्रदेशभित्रै स्थानीय तहको नामबारे सामान्य ज्ञान नै नभएपछि ... [वक्तव्यसहित]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसी बुटवल बस्न थालेको झण्डै ४ वर्ष पुग्न थालेको छ तर केसीले बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका छुट्टाछुट्टै स्थानीय तह हुन् भन्ने थाहै पाएनन् । बिहीवार त्यसको पुष्टि भयो । मुख्यमन्त्री केसीद्वारा हस्ताक्षरित शोक वक्तव्यमा अज्ञानता झल्किएको छ । एमाले प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकालकी आमा तुलसीगंगा ढकालको निधन भएपछि मुख्यमन्त्री कार्यालयबाट निकालिएको शोक वक्तव्यमा बुटवल उपमहानगरपालिकाको सैनामैना–६ लेखिएको छ ।  ढकालको घर सैनामैना नगरपालिका–६ कलौनीमा रहे...