अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयमा जातीय आधारमा दिइँदै आएको आरक्षण खारेज गरेको छ । सन् १९६० को दशकदेखि अमेरिकी विश्वविद्यालयमा हुने भर्नामा सकारात्मक पहलका आधारमा आरक्षण कायम रहँदै आएकोमा सर्वोच्च अदालतले खारेज गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी शिक्षा प्रणालीको सबैभन्दा विवादित बनेको यो विषयमाथिको एउटा मुद्दामा सर्वोच्चले फैसला गरेको हो । हार्वर्ड विश्वविद्यालय र युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको भर्नासम्बन्धी नियमविरुद्ध मुद्दा परेको हो । दुवै विश्वविद्यालयले अमेरिकाको संविधानमा उल्लिखित समान संरक्षणको प्रावधानलाई उल्...