देश बर्बाद हुनबाट जोगाउने काम सरकारले गरेको छः प्रधानमन्त्री ओली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले देश बर्बाद गर्न चाहनेहरुलाई आफूले रोकेर देश बचाएको बताउनुभएको छ । देश र जनताको मुहारमा मुस्कान ल्याउने काम आफूले गरेको उहाँले प्रष्ट पार्नुभयो । नेकपा प्रदेश १ को कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । लोकतन्त्रमा अदालतले स्वतन्त्ररुपमा काम गर्न पाउनेपर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले जति काम सरकारले गरेको छ खुला र पारदर्शीरुपमा गरेको बताउनुभयो ।