काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जाका लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएकी छिन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’ को प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छिन् । ‘कोप-२७’ तयारीका लागि थाइल्याण्डको बैङ्ककमा आज आयोजित ‘जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य प्राप्तिको प्रयासमा लगानी परिचालनसम्बन्धी मञ्च’ बैठकको […]