पुस १०, काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(फेवान) को आठौंं महाधिवेशन तथा १८ औं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।
सभामा महांसघकी महासचिव सुनिता वैद्य श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षका लागि तय गरिएको कार्ययोजना पनि प्रस्तुत गरेकी थिइन् । त्यस्तै महांसघका कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
सभामा महिला उद्यमी महांसघको नयाँ कार्यकारिणी समिति चयनका लागि चुनावी प्रक्रिया सम्पन्न भएको थियो । यसक्रममा महांसघले पहिलो पटक नेपालको प्रादेशिक संरचना अनुरुप सात ओटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी कार्यसमिति सदस्यहरुको चयन गरेको छ ।
सभाले निरु रायमाझी खत्रीको अध्यक्षतामा २५ सदस्यहरुसहितको कार्यकारिणी समिति चयन गरेको छ ।
जसअनुसार महासंघको प्रथम उपाध्यक्षमा शोभा ज्ञवाली, द्धितिय उपाध्यक्षमा दर्शना श्रेष्ठ, तृतिय उपाध्यक्षमा सुनिता वैद्य श्रेष्ठ, चौथो उपाध्यक्षमा बासन्ती प्रधान, महासचिवमा महालक्ष्मी श्रेष्ठ, सचिवमा सविता सुवेदी र कोषाध्यक्षमा कुन्नम पोखरेल रहेका छन् ।
यसैगरी कार्यकारी सदस्यहरुमा सुमित्रा पलाञ्चोके, दिपा थपलिया, नीता प्याकुरेल, श्रद्धा जोशी, सोनी जोशी, शेमा विष्ट, प्रदेश नं १ बाट कृती श्रेष्ठ, प्रदेश नं २ बाट देव कुमारी पौडेल, प्रदेश नं ३ बाट अर्पना प्रधान भण्डारी, प्रदेश नं ४ बाट पार्वती पौडेल, प्रदेश नं ५ बाट सरस्वती शर्मा, प्रदेश नं ६ बाट कविता सोडारी र प्रदेश नं ७ बाटमीना फुलारा चयन भएका छन् ।
यसैगरी आमन्त्रि सदस्यमा आरती नेपाल,मल्लिका श्रेष्ठ चयन भएका छन् । बाँकी दुई सदस्य भने पछि मनोनित गरिने महासंघले बताएको छ ।
यसैबीच महासंघको शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको छ । महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा निर्वतमान अध्यक्ष रीता सिंहले स्वागत मन्तव्य राखेकी थिइन् ।
सभामा उत्कृष्ट जिल्ला उद्यमी पुरस्कार वितरण, सक्रिय सदस्य पुरस्कार, वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार वितरण, सस्थापक सदस्यहरुलाई प्रशंसा पत्र वितरण, आजिवन सदस्यलाई सम्मान गरिएको थियो ।