कुनै फिल्म वा सिरियल हेर्दा वा खुसी हुँदा आँसु आउनु कमजोरी होइन भन्ने ठान्नुस् । दिनदिनै हाँस्नु र समय-समयमा आँसु खसाल्नु दुवै स्वास्थ्यका लागि फाइदाजनक छन् ।
हाँसो उठ्यो भने खित्का छोडेर हाँस्नुस् र मन दुख्यो भने आँसु झारेर रुनुस् । तपाईंको हाँसोमा लुकेको खुशी स्वास्थ्यको लागि यति धेरै फाइदाजनक हुन्छ कि यसका फाइदा थाहा पाएपछि तपाईं सधैँ हाँस्ने बहानाको खोजी गर्नुहुनेछ । हाँस्नु स्वास्थ्यका लागि जति फाइदाजनक छ, रुनु पनि त्यत्तिकै लाभदायक छ । त्यसैले हाँसौँ–रोऔँ, स्वस्थ बनौँ । हाँस्नुका ७ […]