युरोपेली च्याम्पियन्स लीगको सेमीफाइनलको दोस्रो चरणको पहिलो खेलमा मंगलवार म्यानचेस्टर सिटी र पेरिस सेन्ट–जर्माँ (पीएसजी) बीच भिडन्त हुँदैछ ।
पहिलो चरणमा पीएसजी आफ्नो गृहमैदानमा सिटीविरुद्ध २–१ ले हारेको थियो । त्यसैले सिटीको गृहमैदानमा पीएसजीलाई निकै गम्भीर चुनौती छ ।
सबभन्दा ठूलो कुरा पीएसजीका स्टार खेलाडी कीलियन एम्बाप्पे घाइते छन् र आजको खेलमा उनले खेल्ने सम्भावनामा प्रश्नचिह्न छ ।
उनी सोमवार विमानस्थलमा अलिकति खोच्याएर हिँडेको देखिएको थियो ।
पीएसजीलाई अहिलेको...