कोरोनाले लियो १४ महिने नाबालकको ज्यान, भारतमै सबैभन्दा कम उमेरका

कोरोना भाइरसको संक्रमण देखिएका एक १४ महिने नाबालकको भारतमा मृत्यु भएको छ। गुजरातको जामनगर जिल्लामा कोभिड १९ पोजेटिभ देखिएका बालकको मल्टिपल अर्ग्यान फेलियर भएको मृत्यु भएको मंगलवार पुष्टि भएको हो। आप्रवासी मजदूर जोडीका छोराको मृत्यु भएको हो जसको कुनै ट्राभल हिस्ट्री छैन। जामनगरको सरकारी अस्पतालमा शिशुको निधन भएको हो।