काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उद्देश्य रहेको ठहर गरेको छ ।
आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेता माधवकुमार नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरिएको पछिल्लो प्रयास पनि असफल भएको ज...