सुर्खेत – कर्णाली प्रदेशमा माओवादी केन्द्र संसदीय दलको कार्यालयले प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न अपिल गरेको छ । प्रमुख सचेतक सीताकुमारी नेपालीले हस्ताक्षर गरेको सार्वजनिक अपिलमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल र प्रदेश सभा सदस्यहरूलाई विश्वासको मतमा मतदान गर्न आग्रह गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रवार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । दिउँसाे २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूच...