काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा सरकार निर्माणका लागि कसरत सुरु भएको छ। सरकार निर्माणका लागि सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले आ–आफ्नो गृहकार्यमा जुटेका छन्। सरकार निर्माणका लागि स्पष्ट बहुमत नपाएका दलहरूले गठबन्धन गरेर जाने विषयमा संवाद अगाडि बढाएका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी अहिलेको गठबन्धनलाई निरन्तरता दिने मनस्थितिमा छन् भने नेकपा ए