माघ ७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीलाई सम्बोधन गर्न शुरु गर्नुभएको छ ।
वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो । प्रधानमन्त्रीका रुपमा यो उहाँको पाँचौं कार्यकाल हो ।
सम्बोधनका क्रममा उहाँले सरकारले कोभिड–१९ सङ्क्रमणको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै यस कार्यमा सबैको सहयोग गर्न आग्रहसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले विपद्मा परेका जनताको उद्धारमा गरिएको प्रयास र उच्च प्राथमिकताका साथ राहत र क्षतिपुर्ति प्रदान गरिएको उल्लेख गर्दै बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने कार्य अघि बढेको र कृषकलाई मल एवम् बीउको कमी हुन नदिन हरसम्भव प्रयत्न गरिएको बताउनुभयो ।