अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् ।
बुधवार पूर्व अर्थमन्त्रीहरुसँगको छलफल कार्यक्रममा उनले मन्त्रीपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यजर गरेर मात्र बजेटको सम्बन्धमा कदम चाल्ने तयारीमा सरकार रहेको जानकारी दिएका हुन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताए । उनले विज्ञहरुको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न आफूले गर्ने बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री...