के बलिउडको 'स्टारडम युग' सकिएकै हो?

विश्वको सबैभन्दा ठूला फिल्म उद्योगमध्येमा गनिने बलिउडका स्टार कहलिएका कलाकारहरूको गणना पनि विश्वभरका ठूला कलाकारमा हुने गर्छ। दिलिप कुमार, देव आनन्द, राजेश खन्ना, धर्मेन्द्र, जितेन्द्र, अमिताभ बच्चन लगायतका कलाकार बलिउडको इतिहासका सबैभन्दा ठूला स्टार कलाकारमध्ये पर्छन्। ९० को दशकपछि शाहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतलाई बलिउडका ठूला स्टारको रूपमा लिइन्छ। सँगसँगै जस्तो बलिउडमा प्रवेश गरेका यी अभिनेताका ‘फलोअर’ भारतमा मात्रै नभएर विश्वमै फैलिएका छन्। धेरै वटा हिट फ