जानकी मेडिकल कलेजको खाता रोक्न पत्र काटियो

जानकी मेडिकल कलेज रमदैयाको नाममा रहेको बैंकको खाता रोक्का गर्न श्रम तथा रोजगार कार्यालय धनुषाले पत्राचार गरिएको छ । श्रम तथा रोजगार कार्यालयले सो कलेजको नेपाल राष्ट्र बैंकमा रहेको खाता रोक्न आग्रह गरेको हो ।निमित्त कार्यालय प्रमुख रामउदगार अधिकारीले पत्र लेख्दै कलेजको नाममा रहेको खाता रोक्का गरी श्रम अदालतको फैसला कार्यान्वयनमा सहयोग गरिदिन आग्रह गरेको छ ।  सो कलेजले सन्तोषजनक जवाफ नदिएपछि कार्यालयले बैंक खाता रोक्का गर्न बैंकलाई आग्रह गरेको जनाइएको छ ।

सम्बन्धित सामग्री

आयोगद्वारा एमबीबीएस कोटा निर्धारण

काठमाडौं  । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो । आयोगले विभिन्न शिक्षण अस्पताल/कलेजको एमबीबीएसका लागि एक हजार ८९५ कोटा निर्धारण गरेको आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले जानकारी दिए ।      उनका अनुसार १०० जना कोटाका दरले १७ शिक्षण अस्पतालका लागि बाँडफाँट गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, केयू स्कूल अफ मेडिकल साइन्स, लुम्बिनी मेडिकल कलेजले एमबीबीएसमा १०० जनाको कोटा पाएका छन् ।      यस्तै महाराजगञ्ज मेडिकल क्याम्पस, मणिपाल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, नेपाल मेडिकल कलेज, नेपाल आर्मी स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, नोबेल मेडिकल कलेज र युनिभर्सल मेडिकल कलेज अफ साइन्सेजले पनि १०० जना एमबीबीएस पढाउने कोटा पाएका छन् ।    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ६५ कोटा, देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र जानकी मेडिकल कलेज ५०/५० कोटा तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३० कोटा पाएका छन् । रासस

जानकी मेडिकल शिक्षण अस्पतालमा तालाबन्दी

जनकपुरधाम : जनकपुरधामस्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कर्मचारीहरुले तालाबन्दी गरेका छन्। धनुषा जिल्लाको जनकपुरधाम उप–महानगरपालिका वडा नं. ७ ब्रहमपुरीस्थित जानकी मेडिकल कलेजको शिक्षण अस्पतालमा पूर्व-कर्मचारीहरुले तालाबन्दी गरेका हुन्। जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत पूर्व-कर्मचारीहरुले आफूहरुको बाँक...

जानकी मेडिकल कलेजका व्यवस्थापक फरार, विद्यार्थी ताेडफाेडमा

धनुषा – रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरु अहिले आन्दोलनमा उत्रेका छन् । कर्मचारीको आन्दोलनले कलेजको पठनपाठन एक महिनाभन्दा बढी समयदेखि बन्द भएको जानकी मेडिकल कलेजमा फेरि विद्यार्थीको आन्दोलनले पठनपाठन अन्योलमा परेको हो । गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा कार्यरत साढ...