विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोनाभाइरस संक्रमणको ‘हट स्पट’ बन्न थालेको छ । दिनहुँ संक्रमित हुनेको संख्या प्रदेशका अन्य स्थानको तुलनामा विराटनगरमा उच्च बनेको छ ।चैत २४ गते यता शुक्रबारसम्म विराटनगरमा कुल २५३ जना संक्रमित फेला परेका छन् । यसमा सक्रिय संक्रमित २१५ जना छन् । यसमध्ये प्रदेशको राजधानी विराटनगरमा मात्र १३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।११ दिनअघि प्रदेशभर कुल ४३ जनामात्रै संक्रमित थिए । मोरङमा सबैभन्दा धेरै ६३ जना संक्रमित थिए भने विराटनगर