निर्वाचन आयोगले गर्यो सरकारलाई राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ गते गर्न सिफारिस

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई परामर्श दिएको छ। आज सिंहदरबारमा प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उक्त परामर्श दिएका हुन्। राष्ट्रियसभाका कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ।