न्युज अफ नेपाल, दाङ । दाङमा नेपाल बन्दका नाममा सवारीमाथि तोडफोड गर्ने ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १८ कार्यकर्ता पक्राउ परेका छन् । जबरजस्ती बन्द गराउँदै हिँडेका उनीहरुले सवारीमा तोडफोड गर्ने प्रयास गरेका थिए । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिकाको धानखोला क्षेत्रबाट ११ जना र राप्ती गाउँपालिकाको भालुबाङ क्षेत्रबाट ७ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको […]