आज महाशिवरात्रि: साढे पाँच लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान

यसपटक महाशिवरात्रि मेला भर्न स्वदेशी र विदेशी गरी करिब १० लाख पशुपति क्षेत्र आउने अनुमान गरिएको छ।...

सम्बन्धित सामग्री

आज महाशिवरात्रि, पशुपतिलगायतका शिवालयमा दर्शनार्थीको भीड

फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको छ । सामान्य स्तुतिबाटै छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका निराकार शिव स्वरूप यसै रात प्रकट भएको भन्ने धार्मिक मान्यता छ । मुलुकका सबै शिवालयमा पर्वको तयारी भएको छ । उपत्यकाका कतिपय शिवालयमा साधुसन्तलगायत दर्शनार्थीको उपस्थिति बाक्लिएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार पशुपतिनाथ मन्दिरको चाँदीको ढोका मङ्गलबार बिहान ३ः०० बजे नै दर्शनार्थीका लागि खुला हुन्छ । यस वर्ष छ लाख भक्तजनले पशुपतिनाथ दर्शन गर्ने अनुमान गरिएको छ ।