काठमाडौं : पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले (समाजवादी)लाई समर्थन गर्ने जनाएका छन्।एकता अभियानको कार्यसम्पादन समितिको बिहीबारको भर्चुअल बैठकमा गौतमले नेपाल नेतृत्वको एमाले समाजवादीलाई समर्थन गरेर अघि बढ्ने बताएका हुन्।एकता अभियानका सचिव बाबुराम थापाले गौतमले बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै नेपाल पक्षको समाजवादी पार्टीलाई साथ दिने बताए। उनले बृहत एकताका लागि एमाले समाजवादीसँग संवाद गर्ने कुरा भएको जानकारी