पछिल्लो चार दिनमा परीक्षण गरिएकामध्ये ३३ प्रतिशतभन्दा बढीमा संक्रमण

काठमाडौं। पछिल्लो चार दिनमा गरिएको कोरोना परीक्षणमा ३३.६४ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबार यता हालसम्म ६४ हजार ७१९ जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये २१ हजार ७७५ जनामा संक्रमण पुष्टि भएको थियो। सो अवधिमा २९ हजार ३५२ जना निको भएका थिए।