काठमाडौं : विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टीमा उत्पन्न घटनाक्रमका हिस्साको नैतिक जिम्मेवारी लिएर माफी मागेका छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मिहिनेत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबैप्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी