जोकोभिचलाई हराउँदै मेडभेडेभले जिते यूएस ओपनको उपाधि

काठमाडौैं : यूएस ओपन टेनिसको उपाधि रुसका डानिल मेडभेडेभले जितेका छन्। उनले फाइनलमा नोभाक जोकोभिचलाई एकपक्षीय रूपमा हराए। दोस्रो वरीयताका २५ वर्षीय मेडभेडेभले यसअघि खेलेका दुई ग्रान्ड स्लाम फाइनल गुमाएका थिए। तर यसपल्ट उनी नम्बर १ खेलाडी जोकोभिचमाथि ६–४, ६–६ र ६–४ ले सजिलै विजयी रहे।जोकोभिचले यसअघि अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितेका थिए। सर्बियाली ३४ वर्षीय खेलाडी कीर्तिमानी २१ औं ग्रान्डस्लाम जित्ने अभियानमा पनि थिए।महिला एकलको उपाधि भने बेलायतकी १८ वर्षी

सम्बन्धित सामग्री

विम्बल्डनको उपाधि जोकोभिचले जिते

काठमाडौँ – अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले । जोकोभिचको यो सातौं पटकको विम्बल्डन उपाधि हो भने २१औं ग्रान्डस्लाम उपाधि […]

जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोक

उपाधि जिते नाडाल सबैभन्दा पाका बन्ने

कास्पर रुडलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेमा राफाइल नाडाल प्रतियोगिताको उपाधि जित्ने सबैभन्दा बढी उमेरका खेलाडी बन्नेछन्।...

जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि

एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।

जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

एजेन्सी। सर्बियन स्टार नोभाक जोकोभिचले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन्। गएराति भएको पुरुष एकलको फाइनलमा ग्रिसका स्टेफानोस सिसिपासलाई ६-७, २-६,६-३,६-२ र ६-४ को सेटमा हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्। जोकोभिचले सुरुका दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जिते। फ्रेन्च ओपनको उपाधि राफेल नाडालले १३ पटक जितेका छन्।

रूडले जिते जेनेभा ओपनको उपाधि

एजेन्सी। कास्पर रूडले शनिबारराति डेनिस शापोभालोभलाई २–० को सेटमा हराउँदै जेनेभा ओपनको उपाधि जितेका छन्। नर्वेका रूडले आफ्नै देशका शापोभालोभलाई ७–६(८/७), ६–४ को सेटमा हराएका हुन्। रूडको करियरमा यो दोस्रो उपाधि हो। उनले गत वर्ष ब्यूनस आयर्समा उपाधि जितेका थिए। ‘‘यो साता मेरो लागि अविश्सनीय रह्यो’’, उनले भने, ‘‘अब मेरो तयारी फ्रेन्च ओपनका लागि हुनेछ।’’

एट्लेटिको मड्रिड उपाधि नजिक

एजेन्सी। रियाल सोसिडाडलाई २–१ ले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ। एट्लेटिको दोस्रो स्थानको बार्सिलोनालाई चार अंकले पछाडि पारेको छ। एट्लेटिकोले अब बाँकी दुबै खेल जिते २०१४ पछि उपाधि जित्नेछ।तेस्रो स्थानको रियालले आज ग्रानाडासँग अंक गुमाए एट्लेटिकोलाई एक खेल जितेमात्र पनि पुग्छ। एट्लेटिकोका यानिक कारास्को र एन्जेल कोरेराले तथा रियाल सोसिडाडका इगोर जुबेलडियाले गोल गरे।

जर्मनीका जेरेभले जिते मड्रिड ओपनको उपाधि

एजेन्सी। छैटौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले माटेयो मारेट्टिनीलाई २–१ को सेटमा हराउँदै मड्रिड ओपनको उपाधि जितेका छन्। दोस्रो पटक उपाधि जितेका जेरेभले दशौं वरियाता प्राप्त इटालीका मारेट्टिनीलाई ६–७(८÷१०), ६–४, ६–३ को सेटमा हराएका हुन्। २४ वर्षे जेरेभले राफेल नाडाल, डोमिनिक थिमलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेका थिए। जेरेभले २०१८ मा पनि मड्रिड ओपनको उपाधि जितेका थिए।

जर्मनीका जेरेभले जिते मड्रिड ओपनको उपाधि

एजेन्सी। छैटौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले माटेयो मारेट्टिनीलाई २–१ को सेटमा हराउँदै मड्रिड ओपनको उपाधि जितेका छन्। दोस्रो पटक उपाधि जितेका जेरेभले दशौं वरियाता प्राप्त इटालीका मारेट्टिनीलाई ६–७(८÷१०), ६–४, ६–३ को सेटमा हराएका हुन्। २४ वर्षे जेरेभले राफेल नाडाल, डोमिनिक थिमलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेका थिए। जेरेभले २०१८ मा पनि मड्रिड ओपनको उपाधि जितेका थिए।

सुदूरपश्चिमलाई हराउँदै एपीएफले जित्यो मेयर कपको उपाधि

डडेल्धुराः विभागीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर महिला टी-२० च्याम्पियन्सको उपाधि जितेको छ।शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो। सुदूरपश्चिमले दिएको १ सय ८ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो। उसका लागि ज्योति पाण्डेले ३६, कप्तान सीता रानामगरले २७, इन्दु रानाले अविजित २६ र ममता चौधरीले नटआउट १५ रन बनाइन्।पाण्डे र रानामगरले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरिन्। ज्योति र सीता दुवै रनआउट भएका थिए। त्यसअघि टस जिते