गठबन्धनमा खटपट भइरहेका बेला देउवा भेट्न ओली बालुवाटार जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।  अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयलाई लिएर गठबन्धनमा खटपट परेको बेला ओली देउवालाई भेट्न बालुवाटार जान लागेका हुन् ।  स्थानीय तहको चुनावलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार जान लागेको उनका प्रेस संयोजक रामशरण बजगाइँले जानकारी दिए ।  ‘स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न अध्यक्षज्यू ४ बजे बालुवाटार जाने कार्यक्...