भिजिट भिसामा कडाइ : वार्षिक ४ लाख आम्दानी, २ लाख बैङ्क मौज्दात हुनैपर्ने

काठमाडौं : गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको छ। कार्यविधि अनुसार पर्यटकका रूपमा मलेसिया, खाडी, अफ्रिकी तथा दक्षिण अमेरिकी मुलुक घुम्न जाने सर्वसाधारणको वार्षिक आय कम्तीमा चार लाख हुनुपर्ने छ। दुईलाख रकम बैंक खातामा हुनुपर्ने छ।त्यस्तै हवाई टिकट लिनु अगाडि अध्यागमन विभागबाट स्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि घुम्न जानुभन्दा एक साता अगाडि नै आवेदन दिनुपर्ने प्रावधान छ। अध्यागमन विभागले आवश्यक सफ्टवेयर निर्मा