हलमा फिल्मको चाप, दर्शकको अभाव

काठमाडौं : गत शुक्रबारदेखि तीन वटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। कृष्ण जन्माष्टमीको अवसर पारेर 'कृष्ण लीला', 'प्रेम गञ्ज' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका हुन्। तर, अघिल्लो अर्थात् साउनको अन्तिम शुक्रबार भने एउटा पनि नेपाली फिल्म प्रदर्शनमा आएको थिएन।'रक्षा बन्धन'को अवसर पारेर प्रदर्शनमा आएका बहुप्रतीक्षित बलिउड फिल्म 'लाल सिंह चड्ढा' र 'रक्षा बन्धन'का कारण कुनै पनि नेपाली फिल्म उक्त दिन प्रदर्शनमा आउन चाहेनन्। भदौ पहिलो शुक्र