नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमीमाथि विमानस्थलमा दुर्व्यवहार

 बलिउडकी नायिका आयशा टाकिया र उनका श्रीमान् फरहान आजमी हालै गोवा एयरपोर्टमा दुर्व्यवहारको शिकार भए । यो कुराको जानकारी फरहान आफैंले सोसल मिडियामा पोस्टमार्फत् जानकारी दिए । पोस्टमा उनले एयरपोर्टमा भएका सिक्योरिटी अफिसरले उनीमाथि दुर्व्यवहार गरेको बताए । यद्यपि, यो घटनापछि गोवा एयरपोर्टले फरहान आजमीसँग माफी पनि मागेका छन् ।वास्तवमा, आयशा टाकिया र उनका श्रीमान हालै आफ्नो छोरासँग गोवाबाट मुम्बई फर्किरहेका थिए । यतिबेला उनीहरुलाई गोवा एयरपोर्टमा रोकिएको थियो । फरहानको नाम पढेपछि त्यहाँका अधिकार