रोजगारी र मर्यादित काममा ४ गुणा बजेट वृद्धि

सरकारले चालू आर्थिक वर्षमा रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गरी दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्र्ने योजनाअनुरूप वार्षिक विकास कार्यक्रमको बजेट ४ गुणा वृद्धि गरेको छ । सरकारले एसडीजीका अन्य सूचाकांकहरूको तुलनामा स्थिर, समावेशी र दिगो आर्थिक वृद्धि, पूर्ण तथा उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने विषयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको हो ।