बैतडीमा बुवाले चलाए आफ्नै छोरीमाथि गोली, हत्या गरेर जंगलतिर भागे

बैतडीमा एक बुवाले आफ्नै छोरीमाथि गोली चलाएका छन्। जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिंह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

सम्बन्धित सामग्री

माफिया अतिक र उनका दाजुको हत्या, पत्रकार बनेर आएका व्यक्तिले गोली चलाए

शनिबार राति उत्तर प्रदेशको प्रयागराजमा माफिया अतिक अहमद र उनका भाइ असरफको हत्या भएको छ । प्रहरीले दुवैलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदै थियो ।

लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान : मानवअधिकारवादीलाई गिज्याउने ‘पर्व’

महोत्तरी। सन् १९६० डोमेनिक गणतन्त्रका मिराबेल परिवारका तीन दिदीबहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गर्‍यो । पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको गम्भीर अपराधकाे रुपमा सम्झनास्वरुप १६ दिने अभियान विश्भवर नै मनाइदै आएको छ । नेपालमा पनि हरेक वर्षको ९ देखि २४ मंसिरसम्म मनाइने यस अभियानमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । वर्षाैदेिख अभियान चलाए पनि महिलाका समस्या भने ज्यूका त्यूँ छन्  । […]

थाइल्यान्डमा सैनिकले चलाए सहकर्मीहरूमाथि गोली, दुईको मृत्यु

एजेन्सी । थाइल्यान्डमा सैनिकले गोली चलाएर आफ्ना दुई जना साथीको हत्या गरेका छन्। बुधबार बैंककस्थित रोयल थाइ आर्मी वार कलेजका ५९ वर्षीय सार्जेन्ट मेजर योङयुथ मुङकोर्नकिमले आफ्ना तीन सहकर्मी साथीमाथि गोली चलाएका हुन्। गोली लागेर दुई जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। एक जना सैनिक घाइते छन्। घटना स्थानीय समयअनुसार बुधबार बिहान […]

हाइटीका राष्ट्रपतिकी पत्नीले भनिन्–एक शब्द बोल्ने मौका पनि नदिइ हत्या गरे

एजेन्सी।७ जुलाईमा हत्या गरिएका हाइटीका राष्ट्रपति जोभेनल मोइजकी पत्नीले घटनाबारे पहिलो पटक मुख खोलेकी छन्।सो घटनामा गोली लागेर गम्भीर घाइते भएकी मार्टिन मोइजले मियामीमा उपचारकै क्रममा रहेकाबेला एक भ्वाइस म्यासेज ट्विटरमा पोस्ट गरेकी हुन्।उनले भनेकी छन्,‘क्षणभरमै आक्रमणकारी घरमा घुसेर पतिमाथि गोली चलाए। उहाँले एक शब्द बोल्ने मौका पनि पाउनुभएन।’ २६ कोलम्बियन र २ अमेरिकी कमाण्डोले हाइटीका राष्ट्रपतिको हत्या गरेका थिए।

मुर्दाका जिउँदा साथी, जसले २५ हजार बढी शवमा छुरा चलाए

काठमाडौं : शिक्षण त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा दैनिक १० बढी शवको पोस्टमार्टम हुन्छ। सडकमा बेवारिसे भेटिएकादेखि हत्या तथा बलात्कारपछि हत्या गरेका शवहरूसम्म आउँछन्। यस्तै शवसँग ३५ वर्षदेखि खेल्दै आएका डाक्टर हुन्, डा. प्रमोद श्रेष्ठ। डा. श्रेष्ठले २५ हजार बढी शवमाथl छुरा चलाइसकेका छन्। गाडी दुर्घट...