रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । दुई चरण गरी ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक हजार जना अट्ने सभाहल छ ।संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा बनाइएको सम्मेलन केन्द्रमा केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ