पर्यटकीय केन्द्र बन्दै जुम्लाकाे तातोपानी धारा

जुम्ला - तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन् । चिसो माैसममा ताताेपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन् । तातोपानी गाउँपालिका वडा नम्बर २ मा रहेको जर्मी गाउँमा अहिले दैनि एक सय जनाभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् ।  शनिवार अझ धेरै पर्यटक आउने गरेका तातोपानी धाराका कर्मचारी धनबहादुर रावतले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रति महिना अहिलेको सिजनमा १ लाख १५ देखि २० हजार रुपैयाँसम्म  आम्दानी हुने गरेको छ । तर गर्मी सिजनमा भ...