ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा २ वटा घरमा आगलागी

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा दुई वटा घरमा आगलागी भएको छ । बाबुराम गुरागाईं र भगिरथ गुरागाईँको घरमा आगलागी भएको छिमेकी हो ।  घरमा कोही नभएको समयमा आगलागी हुँदा बाख्रासहित अन्नपात, कपडा जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ । एउटा भैँसी भने दाम्लो चुँडाएर भागेको उहाँका छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।  आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा जानकारी लिने काम भइरहेको प्रहरीले भनाइ छ । 

सम्बन्धित सामग्री

ताप्लेजुङमा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति

ताप्लेजुङ - ताप्लेजुङकाे फुङलिङ नगरपालिका-८ मा एक घरमा आगलागी हुँदा झन्डै ४० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । शनिवार आज बिहान भएको आगलागीबाट वडा नं. ८ का पूर्व वडाध्यक्ष पदमसुन्दर पालुङ्वाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक कुशराम कार्कीले आगलागी हुँदा सबै सामग्री जलेर नष्ट भएको बताउनुभयो । आगलागीकाे घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे ।

ताप्लेजुङमा आगलागी : एक महिलाको मृत्यु, एक घाइते

काठमाडौँ । ताप्लेजुङको फुङलिङ नगरपालिका–४ काप्चेमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन आङबोहाङको घरमा आगलागी हुँदा सोही घरमा डेरा गरी बस्ने ६७ बर्सिया चुलीमाया लिम्बुको मृत्यु भएको हो । उनकी नातिनी १६ बर्सिया रेविना लिम्बु घाइते भएकी छन् । उनको अस्पतालमा उपचार जारी छ । ताप्लेजुङ […]

ताप्लेजुङमा एकै दिन तीन घरमा आगलागी

ताप्लेजुङ : ताप्लेजुङका दुई ठाउँमा आगलागी हुँदा तीन घरमा क्षति पुगेको छ। शुक्रबार मेरिङ्देन गाउँपालिका–३ साक्फारामा घर नजिकै रहेको बारीमा पातपतिङ्गर जलाउन लगाएको आगो गोठमा सल्किएर फैलिँदा हरिप्रसाद पोखरेलको घर जलेको हो।यस्तै‚ फुङलिङ नगरपालिका-२ कुवापानीका भिमप्रसाद घिमिरेको घरमा शुक्रबार साँझ आगो सल्किएपछि दुई घर जलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आगलागीका कारण भिमप्रसाद र छिमेकी चन्द्रमाया रम्तेलको ढुङ्गा माटोले बनेको मतान जलेको छ। चन्द्रमायाको घर जोगाइएको छ।आगलागी र