काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभएकाे छ ।
मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै मन्त्री भुसालले अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले मात्र गरिरहेको विद्युत व्यापार निजी क्षेत्रले पनि गर्न पाउने गरी माग आइरहेकाले त्यसतर्फ सरकार सकारात्मक भएकाे बताउनुभएकाे हाे । यस्तै उहाँले निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधार...