अज्ञात समुहद्धारा राप्रपा नेपाल चितवनका अध्यक्षको घर तोडफोड

काठमाडौं, ४ बैशाख । अज्ञात समुहले राप्रपा नेपाल चितवनका अध्यक्षको घर तोडफोड गरेको छ । गएराति गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको हो । खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । घटनाको भत्सर्ना गर्दै खरालले स्थानीय प्रशासनसँग घटनाको छानबीन गर्न माग गरेका छन् । अध्यक्ष […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल चितवन जिल्ला अध्यक्ष खरालको घर तोडफोड

काठमाडौं : राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णुप्रसाद खरालको घरमा तोडफोड भएको छ।भरतपुर महानगरपालिका वडा नम्बर–५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको हो।  महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको घरमा आक्रमण भएको बताए।तोडफोडका कारण खरालको घरका झ्यालका सिसा फुटेका छन्। बर्तौलाले आक्रमणको भर्त्सना गरेका छन्। साथै आक्रमण गर्नेलाई पहिचान गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउन उनले स्थानीय प्रशासनसँग माग गरेका छन्।