ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या

काठमाडौं । नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्। पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। […]