उत्तरी विकट बस्ती सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ सडक निर्माण भएको २७ वर्षपछि रुविभ्याली गाउँपालिका–५ लापामा मोटर पुगेसँगै खुसियाली छाएको छ । उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि इन्धन र गाउँका लागि आवश्यक खाद्यान्न सामान बोकेर मोटर लापा पुग्दा गाउँवासीमा खुसियाली छाएको छ । लापाको ठूलोगाउँसम्म पु¥याउने योजनाअनुसार सडक निर्माण भइरहेको छ ।