वाङ्मय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले संस्कृति अध्ययन कार्यलाई प्राथमिकतामा दिन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि आइतबार आफूलाई भेट्न आएका मञ्जली शाक्य (आस्था) लाई शुभकामना दिँदै उनले सो आग्रह गरेका हुन् । अहिले मूर्त र अमूर्त संस्कृति संरक्षणको बहस तत् संस्कृति निरन्तरताको लागि अक्षयकोष स्थापनामा मात्र सीमित भएको स्थितिमा अब महानगरपालिकाले संस्कृति संरक्षणको बहस संस्कृति सम्बन्धी अध्ययन गर्न युवापुस्तालाई प्रोत्साहित गर