वीरेन्द्रको शालिक हटाउने कार्यको विरोध गर्दै पूर्वराजाले भनेः इतिहास मेटिन्न

काठमाडौँ – बाँकेको नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा भएको विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। बिहीबार वीरेन्द्रचोकमा राष्ट्रवादी युवाले राखेको शालिकलाई प्रहरीले केहीबेरमै हटाएपछि दुई पक्षबीच झडप भएको थियो। जनआन्दोलनमा तोडफोड गरिएको शालिक पुनः राख्ने क्रममा प्रहरीले नै गरेको हस्तक्षेपप्रति पूर्वराजा शाहले विरोध जनाएका हुन्। उनले इतिहास उसै नमेटिने भन्दै घटनाको भर्त्सना […]